aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति लाइफको आईपीओ फागुन २१ गते नै निष्कासन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
ज्योति लाइफको आईपीओ फागुन २१ गते नै निष्कासन हुने

काठमाडौं । फागुन २३ गते आइतबार निष्कासन गर्ने भनिएको ज्योती लाइफ इनस्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन मिति सरेको छ ।  अब यस कम्पनीको आईपीओ फागुन २१ गते (शुक्रबार) नै निष्कासन हुने भएको हो । 

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सिडिएस एण्ड क्लियरिङलाई आइतबार कामको धेरै लोड हुने हुँदा शुक्रबार कम लोड हुने भएकोले मिति सारिएको हो । सिडिएसको आग्रहमा शुक्रबार आईपीओ निष्काशन गर्न लागिएको हो ।  

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ । 

प्रतिक्रिया दिनुहोस