_20210302180451.jpg)
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले मंगलबार आईपीओ निष्काशन तथा बिक्रीका लागि सनराइज क्यापिटलसँग सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारणहरुको लागि निष्काशन गरिने १०० रुपैयाँ अकिंत ३५ लाख ३१ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुका लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर छुट्याएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सम्झौता भएको हो ।
प्रतिक्रिया दिनुहोस