aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सनराइज बैंकको दोस्रो म्युचुअल फण्ड आउँदै, ८५ करोडको आईपीओ चैत १ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
सनराइज बैंकको दोस्रो म्युचुअल फण्ड आउँदै, ८५ करोडको आईपीओ चैत १ गतेदेखि

कमाठमाडौं । सनराइज बैंक कोष प्रवद्र्धक रहेको अर्को म्युचुअल फण्ड आउने भएको छ । सनराइज ब्लुचिप फण्ड नामको नयाँ म्युचुअल फण्ड ल्याउन लागेको हो । उक्त फण्डको कोष प्रवद्र्धक सनराइज बैंक रहनेछ भने कोष व्यवस्थापक सनराइज क्यापिटल हुनेछ । 

सनराइज बैंककै प्रवर्द्धनमा अहिले सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमै छ । 

सो फण्डको आईपीओ चैत १ गतेदेखि खुल्नेछ । त्यसका लागि आह्वानपत्र प्रकाशन समेत गरिएको छ । आवेदकले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन गर्न सक्नेछन् । प्रतिइकाई मूल्य १० रुपैयाँ कायम गरिएको छ । 

सनराइजले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये १ करोड ५० लाख रुपैयाँ कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरेर बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस