
काठमाडौं । मल्टिप्रोपोज फाइनान्सको संस्थापक शेयरमा आवेदन नपरेपछि अब सर्वसाधारणलाई शेयर बिक्री गरिने भएको छ । सो फाइनान्सको १७ लाख ५९ हजार ६ सय २८ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सर्वसाधारणका अतिरिक्त अरु संस्थागत लगानीकर्ताले समेत सो शेयर किन्न पाउनेछन् ।
सो फाइनान्सले अघिल्लो वर्ष असारमै हकप्रद १ः८ बराबका दरले हकप्रद शेयर जारी गरेको थियो । न्यूनतम चुक्ता पुँजी पुर्याउने उद्देश्यले जारी गरिएको उक्त शेयरमा आवेदन नपरेपछि लिलामी प्रक्रियामार्फत् बिक्री सुरु गरेको हो ।
संस्थापक शेयरको बिक्रीमा विद्यमान सञ्चालकलाई प्राथमिकता दिनुपर्ने भएपछि यसअघि संस्थापक शेयरधनीका लागि शेयर लिलामी खुला गरिएकोमा त्यस्ता शेयरधनीले १ कित्ता पनि आवेदन गरेनन् । अब संस्थागत लगानीकर्ताले यो शेयर किन्ने सम्भावना बढेर गएको छ ।
शेयरको न्यूनतम कबोल मूल्य १ सय रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस