aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (फागुन १९) गते अन्तिम दिन रहेको छ । कम्पनीले यस वर्ष ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले चैत ५ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि फागुन २० गते एक दिन बुक क्लोज गर्ने भएकाले फागुन १९ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस शेयर र रू. ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्र्रस्ताव गरेको हो । क्लोजको आधारमा फागुन १९ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस