aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राधी विद्युत कम्पनीको साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
राधी विद्युत कम्पनीको साधारण सभा आज

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने भएको हो । 

सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७६/७७ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण सँगै स्वतन्त्र संचालक बाहेकका सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।

 साधारण सभा प्रयोजनका लागि कम्पनीले फाुगुन ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस