aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सारथी नेपाल लघुवित्तको लाभांश प्रस्ताव संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
सारथी नेपाल लघुवित्तको लाभांश प्रस्ताव संशोधन

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनीको फागुन ११ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को लागि ९ दशमलव ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरी कम्पनीले अब ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४३ प्रतिशत लाभांश दिने भएको हो । 
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको थियो ।  मर्जर पश्चात हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ५३ लाख ८६ हजार रहेको छ । 

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त एक भएर गत असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । दुई कम्पनी एक भएपछि सार्वजनिक दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सारथी नेपाल लघुवित्तको नाफा रू. ५ करोड ११ लाख ९८ हजार रहेको छ । जगेडा कोष रकम रू. २३ करोड ५३ लाख ८६ हजार पुगेको छ । यो रकम गत वर्षको यसै अवधिसम्म रू. ११ करोड ४ लाख २५ हजार थियो ।
 

प्रतिक्रिया दिनुहोस