aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

हाउजेको सातौं शोरुम चाबहिलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ फागुन २०७७
हाउजेको सातौं शोरुम चाबहिलमा

काठमाडौं । कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइक भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर विस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्रान्डलाई बिक्री–वितरण सुरू गरेको जनाएको छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।

एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको कम्पनिको दाबी छ । बाइकको बजार मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

हाउजेको भीएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टीआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । कमलपोखरीमा सुजुकी शो रुममा हाउजेको शो रुम छ ।

त्यसैगरी, काठमाडौं उपत्यकाको टेकु र नयाँ बजारमा हाउजेको शो रुम छ । कम्पनीले चाबहिलमा पनि शो रूम विस्तार गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस