aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल टेलिकमको साधारण सभा १३ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
नेपाल टेलिकमको साधारण सभा १३ गते

काठमाडौं । फागुन १९ गते लाभांश प्रस्ताव सार्वजनिक गरेको नेपाल दुरसञ्चार कम्पनीले चैत १३ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ४० प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । 

साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम पनि सभाका लागि तय भएको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस