aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शुक्रवार दुई कम्पनीको साधारण सभा हुदैं, कुन कम्पनीको लाभांश कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
शुक्रवार दुई कम्पनीको साधारण सभा हुदैं, कुन कम्पनीको लाभांश कति छ ?

काठमाडौं । फागुन २१ गते शुक्रवार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा हुदैंछ । फरवार्डले गत आर्थिक वर्षको ८औं वार्षिक साधारण सभा बोलाएको हो भने कर्णाली डेभलपमेण्टले विगत दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको हो ।
 
फरवार्डले आफ्नै केन्द्रिय कार्यालय, सुनसरीमा विहान ११ बजे सभा गर्न लागेको हो । सभाले कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको हाल कायम चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजारको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

लाभांशसँगै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । मर्जर तथा प्राप्तीका विषयमा आवश्यक प्रकृयाका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि शुक्रवारको सभाले गर्नेछ । 

फरवार्डले साधारण सभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्मका शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

त्यस्तै कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा मेरो प्लानेट, नेपालगञ्जमा विहान १० बजे सभा गर्ने भएको हो । सभाका लागि कुनै लाभांश प्रस्ताव भने गरिएको छैन् । कम्पनीले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलत तथा नगद प्रवाह विवरण पारित गर्ने र आर्थिक वर्ष ०७६÷७७ को लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाका लागि निर्धारण गरेको छ । 

साथै, सर्वसाधारण समूहबाट २ जना संचालकहरु चयन गर्ने, कार्यक्षेत्र विस्तारका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषय पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस