aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कुमारी जब र केसिएमआइटी कलेजबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
कुमारी जब र केसिएमआइटी कलेजबीच सम्झौता

काठमाडौं । कुमारी जब प्राली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा कुमारी जबका प्रवन्ध निर्दैशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले हस्ताक्षर गरेका हुन् । 
 
सम्झौता पत्रमा हस्ताक्षर गर्दै कुमारी जबीका प्रवन्ध निर्दैशक सन्देश भण्डारीले विद्यार्थीहरूको  क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।
 

प्रतिक्रिया दिनुहोस