aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

शेयरमा एक अर्ब डलरभन्दा बढी पुँजीकरण हुने कम्पनी अमेरिकामा धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
शेयरमा एक अर्ब डलरभन्दा बढी पुँजीकरण हुने कम्पनी अमेरिकामा धेरै

एजेन्सी । एक अर्ब डलर पुँजीकरण हुने कम्पनी भएका स्टकको सूचिमा भारत विश्वमा पाँचौं स्थानमा छ । भारतमा सूचिकृत मध्ये ३३५ कम्पनीहरूको बजारपुँजीकरण एक अर्ब डलरभन्दा बढी छ  । जसको १ अर्ब डलर भन्दा बढीको मार्केट क्याप छ । जबकि अमेरिकाको शेयर बजारमा २७८० वटा कम्पनीको बजार पुँजीकरण एक अर्बभन्दा बढी छ ।  

भारतमा ५६ वटा कम्पनीहरु १० अर्ब डलरभन्दा बढी पुँजीकरण भएका कम्पनीहरु छन् । तीन कम्पनी त १०० अर्ब डलर भएका कम्पनी छन् । जसमा टाटा कन्सल्टेन्सी सर्भिसेस( टीसीएस), रिलायन्स र एचडीएफसी बैंक छन् । त्यस्तै, भारतका दश ठूलो बजारपुँजीकरण हुने कम्पनीहरुमा इन्फोसिस, हिन्दुस्थान युनिलिभर, एसबीआइ बैंक, एचडीएफसी बैंकहरु रहेका छन् । 

ब्लूमबर्गका अनुसार चीन दोस्रो स्थानमा छ। यहाँ कूल २,१३५ कम्पनीहरू छन्। जापानमा ७९८ कम्पनी र संयुक्त अधिराज्य (युके) मा ३५१ कम्पनीहरू छन्। 

२०११ मा अमेरिकामा जम्मा १,१६८ कम्पनीहरु थिए । अमेरिकामा यो बीचमा १३८ प्रतिशतले कम्पनीको बजार पुँजीकरण बढेको छ ।  जापानमा ४८१ कम्पनीहरु थिए । जापानमा ६६ प्रतिशतले कम्पनीको बजारपुँजीकरण बढेको छ । क्यानाडा छैटौं नम्बरमा छ जहा ३०७ कम्पनीहरुको बजारपुँजीकरण एक अर्ब डलरभन्दा बढी रहेको छ ।

 दक्षिण कोरिया १३२ वटा कम्पनीबाट बढेर २३६ वटा कम्पनी छन । जबकि ताइवानमा १०२ कम्पनीहरूको संख्या बढेर २२७ पुगेका छन । अष्ट्रेलियामा ११५ कम्पनीहरू थिए यो बढेर २१२ पुगेको छ । फ्रान्स मा १०८बाट १६३ कम्पनीहरु छन्।
 

प्रतिक्रिया दिनुहोस