
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत्र ६ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता शेयर बिक्री गरिसकेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधरणका लागि निष्कासन गरिएको हो ।
कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
प्रतिक्रिया दिनुहोस