aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

बुटवलमा पनि खुल्यो मोटरहेड बाइकको नयाँ सोरुम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
बुटवलमा पनि खुल्यो मोटरहेड बाइकको नयाँ सोरुम

काठमाडौं । मोटरहेड बाइकको नयाँ सोरुम बुटवलमा पनि खेलेको छ । बुटवलको तिलोत्तमामा मोटरहेड बाइकको नयाँ सोरुम लुम्बिनी टु ह्विलर्स शुभारम्भ भएको हो । 

उक्त सोरुम नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यतामा सोरुम उद्घाटन गरिएको हो । सो अवसरमा नाटु अध्यक्ष अधिकारीले युवा वर्गको रोजाइमा परेको मोटरहेड बाइकको थ्रीएस सोरुम शुभारम्भ गर्न पाउँदा खुसी व्यक्त गर्दै बिक्रीका साथै बिक्री पछिको सेवाका लागि पार्ट्स र सर्भिसिङ समेत पाएर ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे । 

लुम्बिनी टु ह्विलर्सका म्यानेजिङ डाइरेक्टर सुनिल भुसालले ग्राहकलाई चाहिने सेवा र सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा ग्राहकमुखी अफर र सेवा प्रदान गर्दै अगाडि बढ्ने बताए । आफूले समेत मोटरहेडको स्क्र्याम्ब्लर बाइक चढिरहेको र यसबाट प्रभावित भएरै डिलर सञ्चालन गर्न हौसिएको उनको भनाइ छ । 

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मुल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ । 

प्रतिक्रिया दिनुहोस