aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको छ । 

कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५९ लाख ३० हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस