aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ फागुन २०७७
रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव गर्यो

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ का लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस