
काठमाडौं । सिर्जन फाइनान्स लिमिटेडले चैत १४ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । उद्योग संगठनको सभाकक्ष, विराटनगरमा विहान ११ बजे सभा बोलाईएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश समेत पारित गर्नेछ ।
यस वर्ष कम्पनीले १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश दिने भएको हो । सभाले कम्पनीको शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ५२ र सर्वसाधारणतर्फ ४८ प्रतिशत कायम हुने गरी प्रबन्धपत्र संशोधन समेत गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस