काठमाडौं । बीमा समितिले हालसम्मको कोरोना बीमा दाबी भुक्तानीको तथ्याकं सार्वजनिक गरेको छ । उक्त तथ्याकं अनुसार बीमा समितिले फागुन २१ गते शुक्रबारसम्म ४८ हजार ६९ जनालाई कोरोना बीमा वापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी गरिएको हो ।
समितिका अनुसार हालसम्म कारोना बीमामा ८४ हजार ८४७ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ६३९ वटा फाइल सम्बन्धित कम्पनीमा नै फिर्ता भएका छन् । दश हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
त्यस्तै, समितिका अनुसार दश हजार ९४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने ४ हजार २३३ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।
त्यसैगरि, ४८२ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको छ भने १४ हजार ३९३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस