
काठमाडौं । धितोपत्र बजार अनलाइन प्रविधिमा गएर सिधै साधारण शेयर(आईपीओ) भर्न थालिएको करिब २८ महिना पुगिसक्दा पनि अझै आम बाठा नागरिकले अर्काको नाममा अझै आईपीओ भर्न छाडेका छैनन् । यसलाई नियन्त्रण गर्नको सिडिएससी एण्ड क्लियरिङ हाउसले ई–केवाईसीको सफ्टवेयर डेभलप गर्दैछ । ई–केवाईसी लागू भएपछि भने आईपीओमा देखिएको यो विकृति नियन्त्रणमा आउने विश्वास निमामक नियकाले लिएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) तथा सिडिएससी एण्ड क्लियरिङ हाउस मिलेर २०७५ कार्तिक २० गतेदेखि अनलाइनबाट आईपीओ भर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो । यहि बेलादेखि क्यापिटल मार्केटमा गएर लाइन बसेर शेयर भर्ने परम्पराको अत्य भएको हो । यो प्रणाली लागू भएपनि अझै एकै जनाले दर्जनौंको नामबाट आर्ईपीओ भर्ने ‘बोरे प्रवृत्ति’ भने रोकिएको छैन् ।
अनलाइन प्रविधिबाट आईपीओको आवेदन दिन थालिए पनि ‘बोरे प्रवृत्ति’ को अत्य भने नभएको सेबोनले बताएको छ । विभिन्न कम्पनीहरूको आर्ईपीओ जारी हुने क्रम धमाधम चलिरहेको छ । अर्काको नाममा बैंक खाता खोलेर आईपीओबाट लाभ लिने अझै धेरै छन् ।
निमामक निकायले अनलाइन प्रविधिबाट आईपीओमा आवेदन दिर्न मिल्ने प्रणाली सुरु भएपछि ‘बोरे प्रवृत्ति’ नियन्त्रणमा आउने विश्वास लिइएको थियो । तर यसले यो प्रवृत्लिाई रोक्न सकेन । उनीहरू अझै सक्रिय नै रहेका छन् । अर्काको नागरिकताबाट बैक खाता खोली सोही आधारमा डिम्याट खाता मार्फत शेयरमा अनलाइन दिने विकृत्ति बढेको छ ।
पछिल्लो समय यो प्रवृत्तिलाई रोक्न नियामक निकायहरूले निगरानी बढाएका छन् । तर, अहिलेसम्म कुनै पनि व्यक्तिलाई कारवाही भने हुन सकेको छैन् । पहिले लाइन लागेर आईपीओ भर्ने समयमा एक जना व्यक्तिले धेरै जनाको नाममा शेयर भर्ने गरेकोमा अहिले डिम्याट अनिवार्य गरिसकेपछि पनि त्यस्तै प्रवृत्ति देखिएको छ । अरुका नाममा बैंक खाता खोल्ने, शेयर भर्ने, त्यसको पूर्ण लाभ आफैं लिनेलाई सम्पति शुद्धीकरणको मुद्दा लगाउन सकिनेबारे बोर्डमा छलफल समेत भैसकेको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।
‘बोरे प्रवृत्ति’ नियन्त्रणका क्रममा ई–केवाईसी कार्यान्वयन गर्ने तयारी अघि बढेको समेत उनले जानकारी दिए । सिडिएससीका सीईओ पूर्णप्रसाद आचार्यले पनि ई–केवाईसी भर्ने प्रक्रियाले यसमा नियन्त्रण आउन सक्ने बताए । अहिले देखिएको विकृत्ति केही हदसम्म ई–केवाइसीले नियन्त्रण गर्न उनले भने । यसका लागि बोर्डबाट आवश्यक निर्देशन प्राप्त भएको र ई–केवाईसी कार्यान्वयनका लागि आवश्यक पर्ने प्रविधि खरिद प्रक्रिया अघि बढाएको बताए ।
यो ‘बोरे प्रवृत्ति’ लाई नियन्त्रण तथा न्यूनीकरण गर्न नियायमकहरूले अहिले बढी चासो देखाएका छन् । ‘बोरे’हरुलाई कानुनी दायरामा ल्याउन उक्त कार्यमा संलग्नहरुको सुक्ष्म निगरानी आफूहरुले गरिरहेको उनीहरुले बताएका छन् । बारे प्रवृत्तिलाई शुन्यमा झार्न नसकिएपनि कानुन बनेपछि केही न्यूनीकरण भने हुने उनीहरूको भनाइ छ ।
‘बोरे प्रवृति’ रोक्न ई–केवाईसी अघि सारेका र त्यो आएपछि एक जनाले धेरै जनाको नामबाट शेयर भर्न नपाउने बोर्डले बताएको छ । अहिले पनि गाउँभरका मान्छेको नागरिकता र फोटो ल्याएर बैंक खाता, डिम्याट, मेरो शेयर खोलेर आफैं हस्ताक्षर गर्ने, शेयर भरेर बेचबिचखन गर्नेहरुको ठूलो समूह सक्रिय रहेका छन ।
बोर्ड प्रवक्ता गिरी र सिडिएससीका सीईओ पूर्णप्रसाद आचार्य दुबैले ई–केवाईसी नै आईपीओको ‘बोरे प्रवृत्ति’ रोक्ने अचुक अस्त्र भएको बताएका छन् । साथै, उनीहरूले अर्काको नाममा दर्जनौं आईपीओ भर्न पल्किएकाहरूले पहिचानका लागि सुक्ष्म निगरानी पनि बढाइएको बताए ।
‘बोरे प्रवृत्ति’ पहिलेदेखि नै चल्दै आईरहेको हो । पहिले बोरामै कागजात लगेर शेयर भर्थे । शेयर भर्ने प्रक्रिया डिजिटल भएपछि बोरै त बोक्दैनन् । तर पनि एकै जनाले धेरै जनाको नामबाट शेयर भर्ने क्रम भने रोकिएको छैन् ।
के हो ‘बोरे प्रवृत्ति’ ?
एक जना व्यक्तिले धेरै जनाको कागजात लिएर बैंक खाता खोल्ने, डिम्याट लगायतका अन्य खाता खोलेर शेयर भर्ने र त्यसको लाभ आफैं लिनेलाई शेयर बजारमा ‘बोरे’ भनिन्छ । पहिले पहिले लाइन लागेर आईपीओ भर्ने समयमा एक जना व्यक्तिले नै धेरै जनाको नाममा शेयर भर्थे ।
अहिले पनि गाउँभरका मान्छेहरुको नागरिकता र फोटो ल्याएर बैंक खाता, डिम्याट, मेरो सेयर खोलेर आफैं हस्ताक्षर गर्ने, सेयर भरेर बेचबिचखन गर्नेहरुको ठूलो समूह सक्रिय छ ।
एक लगानीकर्ता अनुसार शेयर बजारमा बोरे प्रवृत्तिलाई यसरी विभाजन गर्न सकिन्छ ।
स्वार्थी बोरेः अर्काको नागरिकता संकलन गरेर डिम्याट खोली परेको आईपिओ बेचेर आफैले मात्र लाभ लिने । नागरिकतावालालाई आफ्नो नामको खाता खोलेको अरुले लाभ लिइसकेको समेत थाह नहुने ।
समझदारी बोरेः अर्काको नागरिकता संकलन गरेर डिम्याट खोली आईपीओ बेचेर बाँडीचुडी समझदारीमा खाने । धर्मात्मा बोरेः अर्काको नागरिकता संकलन गरेर डिम्याट खोली परेको आईपीओ बेचेर सबै पैसा नागरिकतावालालाई दिने । हाम्रो देशमा पनि केही यस्ता नागरिक छन् ।
पिडित बोरः अर्काको नागरिकता संकलन गरेर डिम्याट खोली आफ्नै पैसा हालेर आईपीओ भर्दै आएकोमा खातावालाले उक्त लगानी समेत झिकेर खाएको अवस्था । आफ्नो नाममा शेयर भरेको थाहा पाएपछि खातावालाले शेयर नै बिक्री पनि गर्ने गरेका छन् ।
मास्टर बोरे(सहयोगी बोरे)ः अर्काको डिम्याट खोलिदिने वा खोल्न सघाउने वा भरिदिने वा भर्न सिकाउने वा सल्लाह दिने। तर आफुले कुनै लाभ नलिने ।
प्रतिक्रिया दिनुहोस