
काठमाडौं । चावहिलमा आधुनिक तरकारी तथा फलफूल बजार सञ्चालनमा आएको छ । शनिबार माइती नेपालीकी अध्यक्ष अनुराधा कोइरालाले उक्त बजारको उद्घाटन गरेकी छिन् । उक्त बजारमा २५० वटा स्टल रहेको तरकारी बजारका अध्यक्ष रविन्द्र ज्वारचनले बताएका छन् ।
उक्त बजारमा उपभोक्तालाई सस्तो मूल्यमा तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्य रहेको अध्यक्ष ज्वारचनले बताए । उक्त तरकारी तथा फलफूलको होलसेल बजार चावहिलको ओम अस्पतालको पछाडि रहेको छ ।
प्रतिक्रिया दिनुहोस