काठमाडौं । नेपाल हाइड्रो डेभलोपरको प्रमुख कार्यकारी अधिकृतमा शेष कुमार ढुङ्गाना नियुक्त भएका छन् । कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो ।
सोही दिनको सञ्चालक समितिको बैठकले यस वर्षको लागि १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दै आगामी चैत १७ गते विगत तीन आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस