aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डिप्रोक्स लघुवित्तद्वारा साधारण सभा आव्हान, २० प्रतिशत लाभांश पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
डिप्रोक्स लघुवित्तद्वारा साधारण सभा आव्हान, २० प्रतिशत लाभांश पारित हुदैं

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २० गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । होटल मोनालिसा सौराहा, चितवनमा सभा बोलाईएको हो । 

सभाले प्रस्तावित २० प्रतिशत लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ ।  कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १५ प्र्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५४ लाख ३३ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि चैत १० गते एक दिन कम्पनीले बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा प्रबेश गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस