
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको फागुन २० गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २६ करोड रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७४/७५ को लागि २०७५ साल पुस ९ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस समेत जोडेर १५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको जानकारी दिएको छ ।
उक्त बोनस शेयर वितरण गर्ने निर्णय भए पनि विशेष कारणबस सभा हुन नसकेको र सोको लागि बुक क्लोज पनि नभएकाले यस वर्ष समावेश गरिएको कम्पनीले प्रष्ट पारेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस