aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सेयर दलाललाई १० लाखदेखि पाँच करोडसम्म जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
सेयर दलाललाई १० लाखदेखि पाँच करोडसम्म जरिवाना

काठमाडौं । धितोपत्र दलाल कम्पनीले एक दिनमा एकै पटक १० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार गर्ने लगानीकर्ताको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने भएको छ । धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निर्देशिका पूर्णकार्यान्वयन गर्न निर्देशन दिएपछि १० लाखमाथिको कारोबार विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने भएको हो । 

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निर्देशिका २०७६ लाई आगामी साउनदेखि पूर्ण कार्यान्वयन गर्ने भएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, नियमावली र निर्देशिकाको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने संस्था र कर्मचारी तथा पदाधिकारीलाई ऐन बमोजिमको सचेत गराउने तथा १० लाखदेखि पाँच करोड रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । त्यसका साथै निर्देशिकाले ऐन नियमको पालना नगर्ने संस्थाको हकमा संस्थाको दर्ता खारेजसम्मको कारवाबाी गर्ने व्यवस्था गरेको छ । 

निर्देशिका पूर्णपालनाका लागि धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई निर्देशनसमेत दिइसकेको छ । धितोपत्र तथा वस्तु बजारसम्बन्धी व्यवसायलाई पारदर्शी बनाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न बोर्डले निर्देशिका लागू गरेको जनाएको छ । कारोबार दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस