aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्र बैंकले स्वीकृत गर्यो महुली लघुवित्तको लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
राष्ट्र बैंकले स्वीकृत गर्यो महुली लघुवित्तको लाभांश

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । यस वर्ष २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश तिवरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । 

यस वर्ष गत वर्षभन्दा १० दशमलव ५३ प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र ११ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल कायम चुक्तापूँजी रू. १८ करोड ६६ लाख २० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय कम्पनीको माघ २९ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात अब कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

प्रतिक्रिया दिनुहोस