aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

हुन्डाईका दुई नयाँ गाडी नेपाली बजारमा, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ फागुन २०७७
हुन्डाईका दुई नयाँ गाडी नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र  हुन्डाई भेन्यू १.२ यस प्लस २ सार्वजनिक गरेको छ ।

हुन्डाई भेन्यू आईएमटी   र  हुन्डाई भेन्यू यस प्लस २ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने छन् — १.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलजि जसको ८३ पीएस/६००० आरपीएमको सर्वाधिक पावर रहनेछ । साथै १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजि जसको सर्वाधिक पावर १२० पीएस/६००० आरपीएमको रहनेछ । 

बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, टर्न सिंगल भएका विद्युतले मिलाउन सकिने रिअर मिरर,  इलेक्ट्रीक सन रुफ, आकर्षक व्रmोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ । यसको आर१५ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू यस प्लस २ मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेकट सहितको एलइडी डिआरएल लाइट विशेष छन् ।

इंटेलिजेंट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिंग अनुभव दिन्छ। सो सेगमेन्टमा नयाँ, आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिइङ अनुभव गर्न पाईन्छ।   उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी  र  हुन्डाई भेन्यू यस प्लस २ मा नवीनतम विशेषताहरु जस्तै रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे  म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यूू आईएमटी   र  हुन्डाई भेन्यू यस प्लसलाई  एउटा सुरक्षितयात्राको सहयात्री बनाएको छ । 

हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू यस प्लस थपविशेषताहरुमा वाइरलेस फोन चार्जर, व्रज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर ए सि भेन्ट रहेको छ । यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू यस प्लस २ ४४ लाख ५६ हजार र हुन्डाई भेन्यूू आईएमटी ४४ लाख ९६ हजार कायम गरिएको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले  विश्वभरि ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।   
 

प्रतिक्रिया दिनुहोस