
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभा्रश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले आगामी साधारण सभा प्रयोजनका लागि फागुन २६ गतेदेखि बुक क्लोज गर्ने भएको छ । कम्पनीले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न चैत ९ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । सोही सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्न लागेको हो ।
बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन फागुन २५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् । यस वर्ष कम्पनीले कुल २९ दशमलव २३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजारको आधारमा २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
गत असार मसान्तसम्म कायम चुक्तापूँजीको आधारमा भने कुल ३८ प्रतिशत लाभांश हुन आउने कम्पनीले प्रष्ट पारेको छ । असार मसान्तसम्म कायम चुक्तापूँजी रू। १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा ३६ दशमलव १ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ९ प्रतिशत नगद लाभांश हुन आउने कम्पनीको भनाई छ । कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको थियो ।
सभाले प्रस्तावित लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । कम्पनीको अधिकृत चुक्तापूँजी रू। ४ अर्ब पु¥याउने प्रस्ताव गरेको कम्पनीले संस्थापक समूहको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि गरेको छ ।
कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत स्वामित्वलाई ५१ प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्वलाई ४९ प्रतिशत कायम गर्न लागेको हो । यसका लागि संस्थापकतर्फको ९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गर्ने योजना कम्पनीको रहेको छ । प्रस्तावित २७ दशमलव ७७ प्रतिशत बोनस शेयर पछि कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस