aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मिथिला लघुवित्तको १२.६३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
मिथिला लघुवित्तको १२.६३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षका लागि कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख ४० हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस