aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १९ गते, ९.६८ प्रतिशत लाभांश सँगै एफपीओ जारी गर्ने प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १९ गते, ९.६८ प्रतिशत लाभांश सँगै एफपीओ जारी गर्ने प्रस्ताव

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १८ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । पञ्चकन्या बैंक्वेट प्रा.लि बनेपाबजार, काभ्रेपलाञ्चोकमा विहान ११ बजे सभा बोलाएको हो । सभाले ९ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित लाभांश संशोधन गरेको हो । 

यस अघि गत आर्थिक वर्ष २०७६÷७७ को लागि १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा वित्तीय विवरण सुधार गरी पुनः पेश गर्न निर्देशन भएकाले लाभांश संशोधन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ६१ लाख ४६ हजार रहेको छ । सोही आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

लाभांश प्रस्तावसँगै कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको प्रतिवेदन पारित गर्नेछ भने स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने क्रममा स्वेडा लघुवित्तको तत्कालिन शेयरधनीहरुले राखेको कल्स इन एडभान्स रकमलाई संस्थापक शेयरधनीहरुको चुक्तापूँजीमा समायोजन गर्न समेत सभाले अनुमति प्रदान गर्नेछ । 

साथै प्राप्त पश्चात संस्थापक र सर्वसाधारण शेयरपूँजीको अनुपात मिलाउने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ जारी गर्ने विषय पनि सभामार्फत अनुमोदन गराउने कम्पनीको तयारी छ । 

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया अघि बढाउँन आवश्यक भएमा त्यसको सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस