aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मञ्जुश्री फाइनान्सको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
मञ्जुश्री फाइनान्सको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन २९ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात हितग्राही खातामा जम्मा गरिदिएको हो ।

बोनससँगै कम्पनीले ५ दशमलव ५० प्रतिशत नगद लाभांश पनि सोही सभाबाट पारित गराएको थियो । फागुन १७ गते कम्पनीले दोस्रो बजारमा बोनस शेयर सूचीकृत गराएको थियो । पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा हितग्राही खातामा शेयर जम्मा गरिदिएको जानकारी दिदैं कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न अनुरोध गरेको छ ।

पुस १४ गतेसम्म शेयर धितोत्र बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का रजनाई हितग्राही खातामा जम्मा हुने कम्पनीको भनाई छ । कर्जा राफसाफ भैसकेको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा गर्नका लागि पनि कम्पनीले भनेको छ ।
 

प्रतिक्रिया दिनुहोस