aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महालक्ष्मी लाईफद्धारा प्रदेश १ मा सम्पति शुद्धिकरण निवारण तालिम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
महालक्ष्मी लाईफद्धारा प्रदेश १ मा सम्पति शुद्धिकरण निवारण तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा सोमबार इटहरीमा सो सम्बन्धि तालिम सम्पन्न गरेको हो । 

इटहरीको होटल गोर्खामा सम्पन्न उक्त तालिम कार्यक्रममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गरेका थिए । 

तालिम कार्यक्रमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख श्री प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरे । आउने चैत्र महिनामा नेपालगंज र पोखरामा यस सम्बन्धी तालिम प्रदान गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस