aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एलआईसी नेपालको १८ औं वार्षिक साधारण सभा सम्पन्न, पब्लिक डाइरेक्टरमा अग्रवाल चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
एलआईसी नेपालको १८ औं वार्षिक साधारण सभा सम्पन्न, पब्लिक डाइरेक्टरमा अग्रवाल चयन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा मंगलबार एलआईसी नेपालको शिक्षालय हल, नक्सालमा सम्पन्न भएको हो । 

साधारण सभाले आ.ब. २०७५/०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको छ जस अन्तर्गत १० प्रतिशत वोनस शेयर र वोनस शेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन् । 

आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीले १,८९,३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो । २०७६ आषाढ मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७,३५,७४५ र कूल जीवन बीमा कोषमा रु. ५३८७.७३ करोड संकलन भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९  प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको बृद्धिदर रहेको थियो । 

त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस