aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अरुणभ्याली हाइड्रोलाई हकप्रद शेयर विक्रीको लागि बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ फागुन २०७७
अरुणभ्याली हाइड्रोलाई हकप्रद शेयर विक्रीको लागि बोर्डको अनुमति

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री गर्न फागुन २५ गते बोर्डको अनुमति पाएको हो । 

कम्पनीले गत असोज २१ गते उक्त कप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड ८३ लाख २३ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ । यो हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस