aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बुधवार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ फागुन २०७७
बुधवार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

 काठमाडौं । यो साताको अन्तिम कारोबार दिन फागुन २६ गते बुधवार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल दुरसञ्चार कम्पनी, सबैको लघुवित्त, स्वाबलम्बन लघुवित्त, सिर्जन फाइनान्स र महिला सहयात्रा लघुवित्तको लाभांशका लागि बुधवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

यी कम्पनीहरुले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभाका लागि फागुन २८ गते र चैत १ गते बुक क्लोजको मिति तय गरेकाले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

यस वर्ष नेपाल दुरसञ्चार कम्पनीले ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने महिला सहयात्रा लघुवित्तले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल दुरसञ्चार कम्पनीले चैत १३ गते र महिला सहयात्राले चैत १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै स्वाबलम्बन लघुवित्तले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो भने सबैको लघुवित्तले १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । स्वाबलम्बन लघुवित्तले चैत ११ गते र सबैको लघुवित्तले चैत १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सिर्जन फाइनान्सले यस वर्ष १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

 यो लाभांश पारितका लागि सिर्जन फाइनान्सले पनि चैत १४ गते साधारण सभा बोलाएको छ । फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र यी कम्पनीहरुका वार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन । 
 

प्रतिक्रिया दिनुहोस