aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपालमा, यस्ता छन् विषेशता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ फागुन २०७७
टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपालमा, यस्ता छन् विषेशता

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले फरेवर रेन्ज अन्तर्गत  पर्ने पाँच वटा नयाँ गाडीहरु आज राजधानीमा भब्य कार्यक्रम गरी सार्वजनिक गरेको छ । 

यि गाडीहरु – टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न छन् । यो संगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ । 

यिनिहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।   

उक्त सार्वजनिक कार्यक्रममा बोल्नुहुदै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्)  मायकं बाल्डीले भने, “टाटा मोटर्स्का बिबिध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाईरहेका छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ । डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तिन आधारहरु हुन् । ”

“यसै सन्दर्भमा इम्प्याक्ट २.० डिजाईनमा निर्मित बिएस सिक्स रेन्जका गाडीहरुमा पनि डिजाईन, सुरक्षा र आरामको लागि उच्चस्तरिय बिशेषताहरु छन् । यसैले यि गाडीहरुले  हाम्रो ग्राहकहरुको मन जित्न सफल हुने बिश्वास हामीले लिएका छौं ।” 

यस्ता छन् विशेषता

१. शक्तिशाली बिएस सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा निर्मित, 

२. विश्वसनिय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ पाँचवटा नयाँ मोडलका गाडीहरु, 

३.टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस