aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हकप्रद प्रयोजनका लागि अरुणभ्याली हाइड्रोपारले तोक्यो बुक क्लोज मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ फागुन २०७७
हकप्रद प्रयोजनका लागि अरुणभ्याली हाइड्रोपारले तोक्यो बुक क्लोज मिति

 काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि चैत ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको फागुन २६ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन बुक क्लोजको मिति तय गरेको हो । हकप्रद शेयर निष्कासनको मिति भने हालसम्म कम्पनीले तय गरेको छैन् ।

कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री गर्न फागुन २५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि अनुमति मागेको कम्पनीलाई बोर्डले पहिलो चरणमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । 

कम्पनीले गत असोज २१ गते हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड ८३ लाख २३ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ । यो हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस