aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दैेलेखमा मिनिबस दुर्घटना, एकको मृत्यु, १६ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ फागुन २०७७
दैेलेखमा मिनिबस दुर्घटना, एकको मृत्यु, १६ घाइते

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

जिल्ला दैलेख आठबिस न.पा.१ स्यालाघाट  स्थित कालिकोटबाट सुर्खेत  तर्फ जादै गरेको क.प्र.०२००१ ख ०२४७ नंक गाडि  अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्न जादा गाडिमा सवार १६ जना मध्य ७ जना गम्भीर घाईते भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको उपचारको लागि उद्दार गरी अस्पताल तर्फ पठाईएको र  ३ जनाको स्थानिय मेडिकलमा उपचारको लागि पठाई थप उद्धार कार्य भईरहेको प्रहरी नायव उपरिक्षक अनुपम श्रेष्ठले बताए ।

गाडीमा सवार एकिङ यात्रुको  संख्या खुल्न नसकेको र जम्मा घाईते १६ जना जसमध्य ५ जना गम्भीर घाईते १० जना सामान्य घाईते र १ जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।  गाडीमा सवार १८ जना मध्य १० जना गम्भीर गाईते र ५ जना सामान्य गाईते र १ जनाको मृत्यु भएको मृत्यु हुने कालिकोट साविक भर्ता गा.विस वडा नं बस्ने वर्ष ३७र३८को जितेन्द्र बहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

 गाडीमा २१ जना रहेकोमा १० जना सिरियस घाईते र ६ जना सामान्य घाईते  र जिल्ला कालिकोट शुभकालिका  गा.पा.१ भर्ता बस्ने बर्ष करिब ३८ को जितेन्द्र ब शाही को घटना स्थलमै मृत्यु प्रहरीले जनाएको छ ।। जसमा ३ जना प्रहरी कर्मचारी समेत  सवार रहेकोमा २ जना समान्य र प्र.ज रमेश चौधरी सिरियस घाईते भएका छन् । 

प्रतिक्रिया दिनुहोस