aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शेयरधनीको डिम्याट खातामा आयो ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ, कति पाउला ओपनिङ्ग रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ फागुन २०७७
शेयरधनीको डिम्याट खातामा आयो ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ, कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले साधारण शेयर (आईपीओ) शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ जीएलएच स्टक संकेतबाट डिम्याट खातामा आएको हो । 

कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको शेयर सम्भबतः आगामी आइतवारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले पहिलो कारोबारका लागि ९९ दशमलव ६७ देखि २९९ सम्म ओपन रेञ्ज पाउने सम्भावना रहेको छ ।

कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । गोलाप्रथाबाट ३ लाख ५१ हजार ६५२ जनाले १० कित्ता पाएका थिए भने दुई जनाले थप १ १ कित्ताका दरले ११ कित्ता शेयर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस