aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चुक्तापुँजी पुर्याउन प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
चुक्तापुँजी पुर्याउन प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद दिँदै

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मंगलबार विशेष साधारण सभा बोलाएको छ । असार मसान्तभित्र  १ अर्ब चुक्तापूँजी पुर्याउनका निम्ति विशेष साधारण सभामार्फत ६० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न लागेको हो । 
हाल  कम्पनीको ६४ करोड १५ लाख २० हजार चुक्तापुँजी रहेको  छ । हकप्रद पश्चात  १ अर्ब २ करोड ६४ लाख ३२ हजार चुक्तापूँजी पुग्नेछ । 
कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा१३ करोड ७३ लाख खुद नाफा आर्जन गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस