aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

टाटा मोटरसको नयाँ फरएभर रेन्जका गाडीहरु अब ईटहरीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ फागुन २०७७
टाटा मोटरसको नयाँ फरएभर रेन्जका गाडीहरु अब ईटहरीमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु शुक्रबार पुर्वाञ्चलको ईटहरीमा सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि ल्बमब ब्ककयअष्बतष्यल पुर्वाञ्चलका अध्यक्ष सुवास आचार्यद्धारा समुद्घाटन गरी  सार्वजनिक गरेको हो । 

यि गाडीहरु-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न छन् । यो संगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ । यिनिहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।   

शक्तिशाली बि.एस. सिक्स ईन्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा निर्मित रहेको कम्पनीले जनाएको छ । विश्वसनिय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ पाँचवटा नयाँ मोडलका गाडीहरु रहेका छन् । 

टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।   

१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।  

नयाँ टिगोर १२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । 

नयाँ नेक्सन १२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (क्ष्च्ब्) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । 

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ ।  नयाँ अलट्रोज १२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा  वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए  प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ  ।

यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । नयाँ एच फाईभ २००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट इःभ्न्ब्च्ऋ वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ । एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ । 


 
 

प्रतिक्रिया दिनुहोस