
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले चैत १ गते (आज) देखि सनराइज ब्लूचिप फण्डको इकाई विक्री खुला गरेको छ । यस क्यापिटलले व्यवस्थापन गर्ने यो फण्ड सञ्चालनका लागि रू. १ खर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । कुल इकाईमध्य कोष प्रबद्र्धक सन्राइज बैंकलाई १५ प्रतिशतका दरले १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याएको हो ।
प्रतिइकाई मूल्य रू. १० रहेको यो इकाई खरिदका लागि छिटोमा चैत ४ र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोडकित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
सनराइज क्यापिटलले १० वर्षमा परिपक्क हुने गरी बन्दमुखी योजना सञ्चालन गर्न लागेको हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानुन बमोजिम वितरण गरिने क्यापिटलले प्रष्ट पारेको छ । यस योजनाका इकाईहरु धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई कारोार गर्न सकिने व्यवस्था पनि क्यापिटलले गर्नेछ ।
इकाई विक्री प्रबन्धकमा पनि सन्राइज क्यापिटलनै रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस