
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले चैत २८ गते आठौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको फागुन २८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित लाभांश प्रस्ताव पारित गर्न उक्त दिन सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्सेमा जानकारी गराएको निर्णयको व्यहोरामा सभा हुने स्थान र समय भने उल्लेख गरेको छैन् ।
साधारण सभा प्रयोजनका लागि भने कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले यस वर्ष ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस अघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश परिमार्जन गरेको हो । कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
परिमार्जन गरिएको लाभांश अनुसार अब कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांशसँगै शेयर प्रिमियम वापतको रकमबाट १ प्रतिशत बोनस शेयर वितरण गर्नेछ । कम्पनीले कुल ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी ४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस