
काठमाडौं । नाडाले ताप्लेजुङ्ग आगलागी पिडितलाई गरिएको आर्थिक सहयोग गरेको छ । आइतबार भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङ्गलाई पिडितलाई आर्थिक सहयोग गरिएको चेक हस्तान्तरण गरेका नाडाले जनाएको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय नाडा प्रतिनिधिले आइतबार भौतिक, पूर्वाधार तथा यातातात मन्त्री नेम्बाङ्गसंग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको लागी जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सहयोग स्वरुप २०१,००० रुपैयाँको चेक हस्तान्तरण गरिएको नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरुसंग रकम संकलन गरि २०१,००० रुपैयाँ जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा चेक मन्त्रीलाई हस्तान्तरण गरिएको हो ।
उक्त छलफलको क्रममा माननीय भौतिक, पूर्वाधार तथा यातातात मन्त्री नेम्बाङ्गले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाउनु भएको चासो र सहयोग प्रति धन्यवाद दिएका थिए । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस