
काठमाडौं । नागरिक लगानी कोषको हकप्रद भर्ने आज अन्तिम मौका रहेको छ । कोषले फागुन २१ गते शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको सेयरमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको हो ।
कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ३ लाख ५४ हजार एक सय ५० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेको हो । लगानीकर्ताले आज सोमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस