aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । 

बैंकको साधारण सभा चैत्र २३ गते, सोमबार लैनचौर ब्याङ्क्वेटमा बिहान १० हुने भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

उक्त साधारण सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस