
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २७ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले डेलिश ओपेरा रेष्ट्रो एण्ड व्यांक्वेट बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् ।
गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्दै चालू आवको लागि लेखा परिक्षक नियुक्ति गर्ने प्रस्ताव सभाका लागि तय भएको छ । साथै, लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋण कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा कम्पनीको सञ्चालक समितिले फागुन २ गते गरेको निर्णयलाई अनुमोदन सभाले गर्नेछ ।
यो कम्पनी अन्य कुनै जलविद्युत कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा आवश्यक प्रकृयाका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी समेत दिने कार्यक्रम रहेको छ । साधारण सभा प्रयोजनका लागि चैत ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोग गर्ने कम्पनीको तयारी छ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।।
प्रतिक्रिया दिनुहोस