काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले चैत २७ गते विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । होटलले आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारितका लागि ४३औं र ४४ औं बार्षिक साधारण सभा बोलाएको हो ।
सभाले वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साथै संचालक अरुण कुमार सराफको पदावधि समाप्त भई रिक्त रहेको सञ्चालक पदमा एक सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । उक्त पदमा पुन सराफलेनै उम्मेदवारी दिन सक्ने समेत होटलको भनाई छ ।
साधारण सभा प्रयोजनका लागि होटलले चैत २ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत १ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, लालदरबार, दरबारमार्ग, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस