
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिडेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वेलुमाया मगरलाई दिईएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा मगरलाई नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले फागुन २३ गते आफ्नो पदबाट राजीनामा दिएका हुन ।
कम्पनीको फागुन २३ गतेनै बसेको सञ्चालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरेको थियो । फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले भने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत वेलु माया मगरलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ । मगरलाई चैत १ गतेदेखिनै लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी दिइएको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस