aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रिमियर इन्स्योरेन्सले साधारण सभाका लागि चैत ११ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
प्रिमियर इन्स्योरेन्सले साधारण सभाका लागि चैत ११ गते बुक क्लोज गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चैत २३ गते बोलाएको २७औं वार्षिक साधारण सभाका लागि चैत ११ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले प्रस्ताव गरेको ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश पाउने भएका हुन । 

कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत गराई कम्पनीले वार्षिक साधारण सभा मार्फत पारित गराउन लागेको हो । सभा भर्चुअल माध्यमाबाट गर्न लागिएको हो । सभा कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे आयोजना गरिने कम्पनीको भनाई छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ४५ लाख ६० हजार छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ११ करोड ८७ लाख ६७ हजार बराबरको नगद लाभांश दिन लागेको हो । निर्जीवन बीमा कम्पनीले पु¥याउनुपर्ने पूँजी कायम गरिसकेको कम्पनीले यस वर्ष नगदमा जोड दिएको हो । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको यस कम्पनीले अघिल्लो वर्ष भने ८४ प्रतिशत बोनस वितरण गरेको थियो । आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कम्पनीले हालसम्मकै उक्त उच्च लाभांश वितरण गरेको हो ।  

हालसम्मकै कम लाभांश कम्पनीले यस वर्ष दिन लागेको हो । विगतका वर्षहरुमा कम्पनीले न्यूनतम १३ दशमलव ५२ प्रतिशतसम्म लाभांश दिएको थियो । यस कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्मा रू. ३५ करोड ३८ लाख ७० हजार खुद नाफा गरेको थियो ।
 
यो नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म भने रू. ७ करोड ९० लाख २९ हजारमा सिमित भएको छ । यस वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफामा असर परेको हो । गत वर्ष पहिलो त्रैमाससम्म रू. १५ करोड १४ लाख ३९ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १४ करोड ५ लाख २२ हजार आम्दानी गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस