aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

हाउजेको अफ रोड बाइक र्‍याली हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
हाउजेको अफ रोड बाइक र्‍याली हुने

काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ । 

हाउजेले सुजुकीसंगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । यसले गर्दा पनि अन्तराष्ट्रिय बजारमा यसको तुलना सुजुकीसंग हुने भएको बताइएको छ । सुजुकीले यहि स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्राण्ड नाममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय रहेका छन् । एनके १५० बाइक नेपाली बोटोलाइ सुहाउँदो रहेको बताइएको छ । रोड र अफरोड दुबैका लागि यो बाइक राम्रो रहेको कम्पनीले जनाएको छ । 

आफ्ना ग्राहकलाई लक्षित गरि २०० बाइक बेचेको उपलक्ष्यमा यहि चैत्र ७ गते शनिबार बिहान ९ बजे हाउजे शोरुम कमलपोखरीबाट अफ रोड र्याली शुरु हुनेछ । ४० किलोमिटरको र्याली कमलपोखरी हाउजे शोरुमबाट शुरु भई देउराली टिका भैरब हुँदै पुनः जाउलाखेल हाउजेको आधिकारिक सर्भिस सेन्टरमा अन्त्य हुनेछ । 

र्‍यालीमा सहभागी राइडरलाई खाजा, पेट्रोल, हाउजे ब्राण्ड प्रिन्ट गरेको ज्याकेट पनि दिइनेछ । फ्रि चेकअप र वासिङ पनि ग्राहकले निशुल्क पाउनेछन् । कमपनीको प्रतिनिधि पनि सहभागि हुने यस र्यालीमा अझै ग्रहकसंगको सम्बन्ध नजिकक हुनुको साथै अफ रोड बाइक चलाउँदाको अनुभव, आन्तरिक पर्यटनमा बृद्धि हुने हाउजे बाइकका बिजनेश म्यानेजर प्रमिला खत्रीले बताईन् ।  

प्रतिक्रिया दिनुहोस